ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा अर्थोपेडिक क्लिनिकल मिटिङ सम्पन्न ।


ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा अर्थोपेडिक क्लिनिकल मिटिङ सम्पन्न ।

मितिः २०७४ भाद्र १० गते शनिवार 

नेपाल अर्थोपेडिक एसोसिएसनले नियमित रुपमा गर्दै आएको द्वैमासिक अर्थोपेडिक क्लिनिकल मिटिङ यसपटक ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सम्पन्न भएको छ ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर तथा आर्थ्रोस्कोपि सोसाइटी अफ नेपालका चेयरम्यान डाक्टर चक्रराज पाण्डेको अध्यक्षतामा भएको सो मिटिङमा सहभागि चिकित्सकहरुले नेपालमा अर्थोपेडिक सर्जरीमा हाँसिल भएका बिभिन्न उपलव्धीहरुवारे चर्चा गरेका थिए ।
मिटिङमा सहभागी डाक्टरहरुले प्रस्तुतिका क्रममा नेपालमा बिश्वस्तरको अर्थोपेडिक सर्जरी र स्पोर्टस मेडिसिन उपचार सेवा प्रदान गरिरहेको तथ्य र अनुभव आदान प्रदान गरेका थिए । 

समापन सम्बोधन भने नेपाल अर्थोपेडिक एसोसिएसनका महाँसचिब समेत रहनुभएका प्रा.डा.अर्जुन लामिछानेले गर्नुभएको थियो ।
सो क्लिनिकल मिटिङमा देशका बिभिन्न अस्पतालमा कार्यरत ८२ जना भन्दा बढी अर्थोपेडिक सर्जनहरुको सहभागिता रहेको थियो ।



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Health Hotline with Dr Prashant Tripathi
02 November 2017

READ MORE
वायु प्रदुषणले नाकमा मासु पलाउन सक्छ, बच्ने कसरी ?
01 November 2017

READ MORE