२५ सय  यातायात ब्यवसायिको निःशुल्क स्वास्थ्य परिक्षण


चितवन,१९ माघ –नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चितवनको रत्ननगरमा जारी पाँचौ राष्ट्रिय महाधिवेशनमा काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गरेको छ । 
बुधबार देखी संचालन गरिएको शिविरमा अस्पतालले उच्च रक्तचाप र मधुमेह लगायतका परिक्षण निःशुल्क र आकस्मिक उपचार सेवा उपलब्ध गराएको छ । 
महासंघमा आवद्ध रहेका तीनसय सदस्य संघ समिति र प्रालिबाट देशभरका प्रतिनिधि तथा यातायात व्यवसायिहरु सहभागी रहेको महाधिवेशनमा स्थलमा संचालित शिविरमा शुक्रबारसम्म २५ सय भन्दा बढीले स्वास्थ्य परिक्षण गराएका छन् ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले स्थापना कालदेखी नै समय समयमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका निःशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्दै आएको जनाएको छ ।

http://lokaantar.com/samachar/34386



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
Dr. Prajwol Shrestha
08 June 2018

READ MORE