शिवरात्रीमा पशुपतिमा ग्राण्डीको इमरजेन्सी हेल्थ डेस्क ।


२९ माघ २०७४ सोमाबार

महाँशिवरात्रीको अवसरमा भोली काठमाडौंको टोखा धापासरीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पशुपतिनाथ मन्दिर परिसरमा इमरजेन्सी हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ ।

अस्पतालले हरेकबर्ष झै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथको दर्शनकालागि देश बिदेशबाट आएका  दर्शनार्थिहरुलाई आकस्मिक उपचार सेवा दिन इमर्जेन्सी हेल्थ डेस्क सञ्चालन गर्न लागेको हो ।

हेल्थ डेस्कमा इएमएस भ्यान सहित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सक र नर्स सहितको टोलीले मंगलबार बिहान ७ बजेदेखि मन्दिर परिसरको पश्चिम प्रवेशद्वारको दायाँतर्फ रहेको चुनचुन डवलीस्थित डेस्कमा रहेर सेवा प्रदान गर्नेछन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो स्थापनाकाल देखीनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथ मन्दिर परिसरमा हरेक बर्ष महाशिवरात्री तथा हरितालिका तीजमा इमरजेन्सी हेल्थ डेस्क सञ्चालन गर्दै आएको छ ।



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
Dr. Prajwol Shrestha
08 June 2018

READ MORE