काठमाडौं नयाँबसपार्कमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको परामर्श तथा स्वास्थ्य सेवा केन्द्र संचालन ।


बुधबार १९ पुस २०७४

काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले गोंगबु नयाँ बसपार्कमा स्वास्थ्य उपचार तथा परामर्ष केन्द्र संचालनमा ल्याएको छ ।

ल्होत्से बहुउद्देश्यीय प्रालिसँगको सहकार्यमा अस्पतालले संचालन गरेको सो सेवा केन्द्रले लामो यात्रा गरेर काठमाडौँ आएका यात्रु र चालक तथा स्थानियलाई निःशुल्क परामर्श तथा प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने छ ।
ग्राण्डी अस्पतालले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरपारेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ल्होत्से बहुउद्देश्यीय प्रालिसँगको सहकार्यमा आजदेखिनै यो स्वास्थ्य सेवा केन्द्र शुरु गरेको हो ।

सेवा शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नयाँ वसपार्कलाई नमूना बसपार्क बनाउनका लागि ल्होत्से बहुउद्देश्यीय प्रालिले ग्राण्डी अस्पतालसँग मिलेर राम्रो कामको शुरुवात् गरेको बताउनुभयो । यस किसिमका काममा महानगरपालिका सधैं साथ रहने उहाँको भनाइ थियो ।

 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष इ. दीपक कुँवरले पैसा कमाउनका लागि भन्दापनि सेवा प्रदान गर्नका लागि यो केन्द्र स्थापना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो उद्देश्य नाफा कमाउने मात्र हैन । जनतालाई  परेको  समस्यामा हामीले पनि सहयोग गर्नुपर्छ। ‘देशभरबाट आउने यात्रुलाइ आकस्मिक सेवा छिटो उपलब्ध गराउन ल्होत्से र ग्राण्डीले सहकार्यगरी यो केन्द्र संचालन गरेका हौं ।’ 

बसपार्कमा देशभरका यात्रु आउने गरे पनि आकस्मिक स्वास्थ्य सेवा उपलब्ध नहुँदा कति आकस्मिक दुर्घटनामा परेका  विरामीको बाटोमै मृत्यु हुने जोखिम रहेको उनले बताए । अबको दिनमा त्यस्तो जोखिम नहोस् भनेर गोंगबु बसपार्कमा स्वास्थ्य सेवा शुरु गरिएको उहाँको भनाइ थियो । 

बसपार्कमा संचालित सो सेवा केन्द्रमा दुर्घटनामा परि चोटपटक लागेका घाइतेलाई  निशुल्क प्राथमिक उपचार गरिने र थप उपचार भने आफ्नै खर्चमा गर्नुपर्ने ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डेले बताउनुभयो । सो केन्द्र २४ सै घण्टा खुल्ला रहने र आवश्यकता अनुसार चिकित्सकहरुको व्यवस्था गरी निःशुल्क सेवा प्रदान गरिने उहाँको भनाइ छ । 
त्यसैगरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले यात्रु र चालकलाई लक्षित गरेर निःशुल्क सेवा दिएर राम्रो कामको शुरुवात गरेको बताउनुभयो । अस्पतालले चालक र यात्रुलाई सेवा दिने उद्देश्यले गरेको कामलाई महासंघको तर्फबाट पुरा सहयोग रहने उहाँको भनाई थियो ।
अस्पतालले त्यहाँ निःशुल्क उपचार पछि थप उपचारको लागि अस्पताल लैजानुपर्ने भएमा बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवाको  समेत व्यवस्था गरेको छ ।

 



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
टोखा धापासी सूर्यदर्शन हाइटमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको रक्तदान कार्यक्रम
21 January 2018

READ MORE
Avenues @ Health - Dr. Om Murti Anil
21 January 2018

READ MORE