ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालद्वारा चितवनमा आकस्मिक उपचार र न्युरोसाईन्सेजको सिएमई ।


शनिवार १३ माघ २०७४

काठमाडौंको टोखा धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले चितवनमा आकस्मिक उपचार तथा न्युरोसाइन्सेज बिषयको मेऊकल अपडेट सहितको सिएमई सम्पन्न गरेको छ ।

भरतपुर गार्डेन रिसोर्टमा सम्पन्न सो सिएमईमा इभ्यालसएसन एण्ड म्यानेजमेन्ट अफ सिन्कोप न्युरोलोजिस्ट प्रस्पेक्टिभ बिषयमा बरिष्ठ न्युरोलोजिष्ट डा राजु पौडेलले त्यसैगरी भास्कुलर इमरजेन्सी इन न्युरो सर्जरी बिषयमा बरिष्ठ न्युरो सर्जन डा अमित थापाले र हेलिकप्टर इमरजेन्सी मेडिकल सर्भिसेजका बारेमा बरिष्ठ इमरजेन्सी फिजिसियन अजय सिंह थापाले प्रबचन दिनुभएको थियो ।

बरिष्ठ तथा अनुभबि डाक्टरहरुको उपलब्धता रहेको ग्राण्डी अस्पताल न्यूरो मेडिसिन तथा न्युरो सर्जरीकालागि पनि यो अस्पताल उच्च प्राथमिकताको गन्तब्यको रुपमा स्थापित भइसकेको छ ।

देशको पहिलो इएमएस तथा एचइएमएस सेवा शुरु गरेको अस्पतालले चिकित्सक र नर्सिङ स्टाफ सहितको एमबुलेन्स तथा एयर एम्बुलेन्सको माध्यमबाट आकस्मिक उपचार र उद्धार गरी सयौं बिरामीहरुलाई अस्पतालमा ल्याएर सफल उपचार गरिसकेको छ । यस कार्यमा अस्पतालको छतमा रहेको सुरक्षित हेलिप्याडले पनि महत्वपुर्ण भूमिका खेलेको छ ।

 

विश्वस्तरिय अत्याधुनिक उपकरण सहितको मोड्युलर अपरेशन थिएटर जहाँ ल्यामिनर एयर फ्लो र हेपा फिल्टरको सुबिधा छ । साथमा अस्पतालको एन्टिमाइक्रोबियल स्टिवर्डसिप तथा इन्फेक्सन कन्ट्रोल कार्यक्रमले बिरामीको उपचारलाई संक्रमण रहित बनाउनुका साथै छिटो निको हुने समेत गरेको छ ।  त्यसैगरी अस्पतालको आइसियू सिसियू ,हाईकेयर, एनआइसियू र पिआइसियूले बिरामीको सघन उपचारको आवश्यकतालाई पुरा गर्नकालागि महत्वपूर्ण भूमिका खेलेको छ ।

एकैछानामुनी ३५ वटा बिभिन्न बिशेषज्ञ उपचार सेवाहरु उपलब्ध रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अलग अलग बिधाका बिशेषज्ञहरुको सहज उपलब्धताले जटिल भन्दा जटिल प्रकृतिका बिरामीहरुको उपचार समेत संभव हुने गरेको छ ।

#CME
#GrandeInternationalHospital



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
Dr. Prajwol Shrestha
08 June 2018

READ MORE