जुडो खेलाडी रमेश मगरको घुँडाको शल्यक्रिया


 

काठमाडौं– जुडो खेलाडी रमेश मगरको देब्रे घुँडाको सफल शल्यक्रिया भएको छ। मगरको धापासीस्थित ग्रान्डी इन्टरनेसनल हस्पिटलमा शल्यक्रिया गरिएको हो। डा चक्रराज पाण्डे र टिमले मगरको शल्यक्रिया गरेको हो। 

नेपाली जुडो टिमका आसा गरिएका खेलाडी मगरले अर्को बर्ष नेपालमा हुने दक्षिण एसियाली खेलकुदमा राम्रो नजिता निकाल्ने उद्देश्यसहित शल्यक्रिया गरेको जनाएका छन्। 

सन् २०१० मा बंगलादेशमा आयोजना भएको एघारौं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनको अघिल्लो दिन लिफ्ट दुर्घटना पर्दा रमेश सहित नेपाली खेलाडीहरु घाइते भएका थिए। जसकारण उनको बंगलादेशमै शल्यक्रिया गरिएको थियो। 

दुर्घटनामा घाइते भएपछि मगर ६६ केजीमुनि तौल समूहमा प्रतिस्पर्धामा उत्रन सकेका थिएनन्। दुई वर्षअघि भारतमा भएको १२औं सागमा कास्य जितेर मगरले ढाका दुर्घटनाको पीडा भुलाएका थिए। 

सन् २०१० को दुर्घटना दुई वर्षअघिको सागमा फेरि बल्झिएपछि उनको अप्रेसन गरिएको हो। सन् २०१९ मा नेपालमा हुने सागमा स्वर्ण जित्ने उद्देश्य लिएका उनले ६ महिनापछि प्रशिक्षणमा फर्कने जनाएका छन्। 

उनको शल्यक्रियाका लागि ३ लाख ५ हजार रुपैयाँ लागेको छ। जसमा नेपाल जुडो संघ आह्वानमा विभिन्न संस्था र व्यक्तिले सहयोग गरेका छन्। उनलाई सहयोग गर्नेमा राष्ट्रिय खेलाडी कल्याणकारी कोष,  द च्याम्पियन्स क्लब, काठमाडौं जिल्ला खेलकुद विकास समिति, फ्लिबमोजर शब्रिना (अस्ट्रिया), श्याम महर्जन (जापान), ताकासी यामागुची (जापान),  युसुके फुरिया (जापान), तोमोकी काजामी (जापान), सुजुयो कत्सुइ (जापान), फुमिको कुरोसे (जापान), क्योको सुजुकी (जापान), दाइसुके इतो (जापान), सिहो मिजुमुरा (जापान), नाओहिको ताकायामा (जापान), सतोमी इसुजु (जापान), पेमा शेर्पा (साउदी अरेबिया), पुष्पा थापामगर (न्युयोर्क), सुनील लामा (न्युयोर्क), भिसा गाइड नेपाल, नवीन सुनुवार (हङकङ), चन्द्रकुमार डंगोल, सुर्यनारायण श्रेष्ठ र बिरेन्द्र रंजित छन्। 



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
Dr. Prajwol Shrestha
08 June 2018

READ MORE