ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पाँचौं स्थापना दिवस मनाउदै ।


२०७४ पुस १७ गते सोमबार ।

काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले यहि पुस १९ गते बुधबार पाँचौ आफ्नो स्थापना दिवस मनाउँदै छ ।

दिवसकै अवसरमा काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा यसैबर्षदेखी अस्पतालले ‘ग्राण्डी अस्पताल परामर्श स्वास्थ्य सेवा केन्द्र’ समेत संचालन गरिने भएको छ । त्यसैगरी, अस्पतालको दोश्रो तल्लास्थित ब्लड बैंकमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ ।

अस्पतालले आफ्नो स्थापनाकाल देखी नै सन्चालन गर्दै आएको नयाँ बर्ष बिशेष स्वास्थ्य परिक्षण प्याकेज यस बर्षपनि निरन्तर रहेको छ । यस बर्षपनि अस्पतालले दुइवटा प्याकेजहरु अघि सारेको छ । मात्र ( रु. २०१८/- ) दुइ हजार अठार रुपैंयामा कुनै एक प्याकेज अन्तर्गत आप्नो स्वास्थ्य परिक्षण गर्न सकिनेछ ।

पाँचौ बर्ष पुरा गर्दा सम्म यस अस्पतालले इभिडेन्स बेस्ड मेडिसिनमा आधारित उपचारका माध्यमबाट हजारौंको संख्यामा बिरामीहरुलाई उपचार गरिसकेको छ ।

त्यसैगरी, देशको पहिलो इएमएस सेवा अन्तर्गत चिकित्सक र नर्सिङ स्टाफ सहितको टोली, अत्याधुनिक सुबिधा सम्पन्न एमबुलेन्स तथा एयर एम्बुलेन्स सेवामार्फत आकस्मिक उपचार र उद्धार गरी सयौंको संख्यामा बिरामीहरुलाई अस्पतालमा ल्याएर सफल उपचार गरिसकेको छ । यस कार्यमा अस्पतालको छतमा रहेको सुरक्षित हेलिप्याडले पनि महत्वपुर्ण भूमिका खेलेको छ ।

अस्पतालको आइसियु सिसियु ,हाईकेयर, एनआइसियु र पिआइसियुले बिरामीको सघन उपचारको आवश्यकतालाई पुरा गर्नकालागि महत्वपूर्ण भूमिका खेलेको छ ।

हृदयाघात भएर आएकाहरुकोलागि कार्डियाक इन्टरभेन्सन देखी मुटुमा छुरा रोपिएर आएका बिरामीको सफल शल्यकृया सम्म अनि छिनेका हात र औंलाहरु जोड्ने सम्मका जटिल शल्यकृयामा यस अस्पतालले सफलता हाँसिल गरिसकेको छ ।

त्यसैगरी ग्राण्डी अस्पतालले प्रदान गर्दै आएको मृगौला प्रत्यारोपण सेवा, पनि अत्यन्त सफल रहेको छ । नेपालका अत्यन्त दक्ष तथा अनुभवि डाक्टरहरुको टिमको संलग्नता रहेको यस अस्पतालको मृगौला प्रत्यारोपण सेवा पनि बिरामीहरुको पहिलो रोजाईमा पर्न सफल भएको छ । त्यसैगरी जोर्नी प्रत्यारोपण तथा ढाड तथा नसाका जटिल शल्यकृयाका र नाक कान घाँटीको शल्यकृयाकालागि पनि यस अस्पताल पहिलो रोजाइको अस्पताल बनेको छ ।

त्यसैगरी दुर्घटनाबाट हुने चोटपटक जन्य बिरामीहरुकालागि यो अस्पताल एउटा उत्कृष्ट गन्तब्यका रुपमा स्थापित भएको छ । खेलकुदका बखत लाग्ने चोटपटकको क्यामेराको प्रयोगबाट गरिने आर्थोस्कोपिक उपचार र स्पोर्टस् मेडिसिनमा पनि ग्राण्डी अस्पताल पहिलो गन्तब्यका रुपमा रहेको छ ।

त्यसैगरी न्यूरो सर्जरी, स्पाइनल सर्जरी र ल्याप्रोस्कोपिक रेनल र एब्डोमिनल इन्टरभेन्सनकालागि पनि यो अस्पताल उच्च प्राथमिकताको गन्तब्यको रुपमा स्थापित भइसकेको छ । यस किसिमका उपचार सेवा अत्याधुनिक र बिश्वस्तरिय उपकरण र दक्ष तथा अनुभवि डाक्टरहरुको टिमले प्रदान गर्ने हुनाले यो अस्पताल सार्थकरुपमा एक अन्तर्राष्ट्रिय अस्पताल बन्न सफल भएको छ ।

यता स्त्री तथा प्रसुतिरोग सेवा र नियोनेटल केयर सहितको बालरोग सेवाले पनि अस्पताललाई पुर्णता दिएको छ ।

ग्राण्डी अस्पतालमा संचालित ह्यान्ड हाइजिन प्रोग्राम तथा एन्टिवायोटिक स्टिवर्डसिप प्रोग्रामले पनि यस अस्पतालको सेवाको गुणस्तरलाई खास उचाई प्रदान गरेको छ । त्यसैगरी संक्रमित बिरामिहरुलाई अलग्गै राखेर उपचार गरिने बिशेष उपचार कार्यक्रम समेत ग्रान्डी अस्पतालमा संचालित छ ।

सबैभन्दा महत्वपूर्ण कुरा के छ भने ग्रान्डी अस्पतालमा एकैछानामुनी ३५ वटा बिभिन्न बिशेषज्ञ उपचार सेवाहरु उपलब्ध रहेका छन् । अलग अलग बिधाका बिशेषज्ञहरुको सहज उपलब्धताले जटिल भन्दा जटिल प्रकृतिका बिरामीहरुको उपचार समेत संभव हुने गरेको छ ।

नेपालमा बिश्वस्तरको उपचार सेवा प्रदानगर्ने अन्तर्राष्ट्रिय अस्पतालको आवश्यकता खड्कीरहेका बेला पाँचबर्ष अघि परिकल्पना गरिएको ग्राण्डी अस्पताल हाल आएर उपचारका लागि बिदेश जाने नेपालीहरुकालागि समेत स्वदेशमा नै एउटा राम्रो बिकल्पको रुपमा स्थापित भएको छ ।

स्वास्थ्य उपचारको क्षेत्रमा पुर्याएको योगदान तथा उत्कृष्ट सेवाका कारण ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल बर्ष २०१६ को उत्कृष्ट सेवा प्रदायक अस्पताल ‘हस्पिटल अफ द इएर २०१६’ फ्रस्ट एण्ड सुलिभान अवार्ड बाट सम्मानित भएको थियो ।

#Grande5thAnniversary
#BloodDonationProgram
#HealthPackages
#HealthCamps
#PreventiveHealthcare
#GrandeInternationalHospital

Image may contain: text

No automatic alt text available.No automatic alt text available.No automatic alt text available.

Like



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
काठमाडौंको यो धुलो, धुवाँले मुटुको समस्या चाँडै ल्याउँछ
14 January 2018

READ MORE