एक परिचय

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल सन् २०१० मा ‘केयर टु क्योर ’ भन्ने मूल नाराका साथ स्थापना भएको अत्याधुनिक सुविधासम्पन्न अस्पताल हो । यस अस्पतालको लक्ष्य नै बिरामी प्रति उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्नु हो । यस अस्पताल स्थापनाको मुख्य उद्देश्य समुदायमा सुलभ र गुणस्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्नु रहेको छ । हरेक किसिमका स्वास्थ्य उपचारका लागी यो अस्पताल अतुलनीय छ र साथै नियमित स्वास्थ्य परीक्षणका लागी सुस्वास्थ्य (वेलनेस) कार्यक्रमका माध्यमबाट स्वस्थ जीवनशैलीलाई पनि प्रवर्धन गर्दछ ।

 २०० शय्यासहितको यस अस्पतालमा विश्वस्तरीय अत्याधुनिक उपचार उपकरणहरू उपलब्ध छन् । यी उपकरणहरूको प्रयोगबाट थुप्रै मेडिकल सर्जिकल र डायग्नोस्टिक सेवाहरु सहज रुपमा उपलब्ध रहेका छन् । नवीनतम् प्रविधिका उपकरणहरु, दक्ष तथा अनुभवी डाक्टरहरू, नर्सिङ स्टाफ एवं कर्मचारीहरूको समागम भएकाले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल मुलककै सबैभन्दा उपयुक्त उपचार सेवा प्रदायकको रुपमा स्थापित भएको छ ।

Subscribe To Our Newsletter
indicates required
समाचार
21 January 2018

READ MORE
21 January 2018

READ MORE