यस बिभागले मानसिक तथा भावनात्मक स्वास्थ्यसँग सम्बन्धित उपचार तथा परामर्श सेवा प्रदान गर्दछ । बिश्व स्वास्थ्य संघका अनुसार मानसिक स्वास्थ्य मानिसको समग्र स्वास्थ्यको एउटा महत्वपूर्ण हिस्सा हो । यस बिभागमा अत्यन्त दक्ष तथा अनुभबि चिकित्सक तथा परामर्शदाताहरुको उपलब्धता रहेको छ । बिरामीलाई पारीवारिक अनुभुति सहितको परामर्श तथा उपचारसंगै बिरामीका परिवारजन तथा आफन्तलाई समेत आवश्यक परामर्श प्रदान गरीन्छ । आवश्यकता अनुसार बिरामीलाई भर्ना गरेर उपचार गर्ने सुबिधा समेत रहेको छ ।