ग्रान्डी सेवाहरू

इमर्जेन्सी विभाग

हाम्रो अस्पतालमा अत्याधुनिक सुविधासम्पन्न १५ शय्या र रिसस्सिटेसन कक्षसहितको इमर्जेन्सी विभाग रहेको छ जहाँ २४ सै घण्टा कन्सल्ट्यान्टसहितको ट्रमा टिम तयारी अवस्थामा रहने गरेको छ ।

र्‍यापिड रेस्क्यु विभाग

 सातै दिन एवं चौबिसै घण्टा कन्सल्ट्यान्टसहितको इमरजेन्सी मेडिकल टिम मुलुकको कुनै पनि भागबाट हेली रेस्क्युका लागि तयारी अवस्थामा रहने गरेको छ । सो टोलीमा आवश्यक उपकरणसहित ट्रमा कन्सल्ट्यान्ट र प्यारामेडिक्स समेत रहने गरेका छन् । छतमा ओर्लिने हेलिकोप्टरबाट बिरामीलाई सोझै इमर्जेन्सीमा लग्नको लागी डेडिकेटेड लिफ्टको व्यवस्था गरिएको छ।

वेलनेस सेन्टर

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहेको वेलनेस सेन्टर एउटा पृथक र सम्पूर्ण स्वास्थ्य सेवाको पूर्ण गन्तव्यको रुपमा रहेको छ । हाम्रो वेलनेस सेन्टरमा विभिन्न किसिमका सुरक्षात्मक स्वास्थ्य परीक्षण प्याकेजहरु उपलब्ध रहेका छन् ।

  • बेसिक हेल्थ चेक-अप
  • कम्प्रिहेन्सिभ हेल्थ चेक-अप
  • एक्जिक्यूटिभ हेल्थ चेक-अप
  • एक्जिक्युटिभ प्लस हेल्थ चेक-अप
  • डायबेटिज हेल्थ चेक-अप
  • कार्डियाक हेल्थ चेक-अप
  • चाइल्ड हेल्थ चेक-अप
  • सिनियर सिटिजन हेल्थ चेक-अप
  • किड्नी हेल्थ चेक-अप
  • वुमन्स हेल्थ चेक-अप

 

 

द ब्लड बैङ्क

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको आफ्नै ब्लड बैङ्क रहेको हुनाले बिरामीका आफन्तले आवश्यक रगतका लागि विभिन्न ब्लड बैङ्कहरूमा भौँतारिनु पर्दैन । हाम्रो अस्पतालमा रहेको ब्लड बैङ्कमा दाताले दिएको रगत स्टोर गरेर राख्न सकिने, रगतका विभिन्न कम्पोनेन्टहरुलाई अलग गरेर छुट्टाछुट्टै गरेर राख्न सकिने र आवश्यकता अनुसार तत्काल रगत उपलब्ध गराउन सकिने व्यवस्था छ । रगतको अभाव हुन नदिन हाम्रो ब्लड बैङ्कले समय समयमा रक्तदान तथा चेतनामूलक कार्यक्रमपनि सञ्चालन गर्ने गरेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरूको पनि रक्त-समूहको सूची बनाई समय समयमा रक्तदान गराइँदै आइएको छ ।

इन्टरनेसनल पेसेन्ट सर्भिसेज

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि आउने विदेशी नागरिकहरूका लागि विशेष व्यवस्था गरिएको छ । उनीहरूले कुनै पनि किसिमको झन्झट लिनु नपरोस् भनेर सञ्चालित (आईपीएस) अफिसले इन्स्योरेन्स भएका वा नभएका सबै विदेशी बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्दै आएको छ । 

यस आईपीएस अफिसले नेपालीहरूको साथमा रहेको अन्तर्राष्ट्रिय इन्स्योरेन्स कार्डलाई समेत स्वीकार गरी सुलभ सेवा दिने गरेको छ । जस अन्तर्गत राजदूतावास, अन्तर्राष्ट्रिय नियोगमा कार्यरत कर्मचारीहरू समेत सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । साथमा हाम्रा आईपीएस स्टाफहरुले सम्पूर्ण कागजी प्रक्रियाहरूमा समेत सहयोग गर्ने गरेका छन् ।

असिस्टेड फर्टिलिटी सेन्टर

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको आफ्नो असिस्टेड फर्टिलिटी सेन्टर समेत रहेको छ जहाँ प्राकृतिक रुपमा सन्तान उत्पादन गर्न नसकेका निःसन्तान दम्पतीहरूले परामर्श, सल्लाह र उपचार सेवा लिन सक्ने व्यवस्था गरिएको छ । हाम्रो फर्टिलिटी सेन्टरमा दक्ष तथा अनुभवी चिकित्सकहरू सँगै अत्याधुनिक प्रविधि समेत उपलब्ध छ । हाम्रो सेन्टरमा इनफर्टिलिटी वर्कअप,जेनेटिक इभ्यालुएसन, इन्ट्रा युटेराइन इनसिमिनेसन (IUI), इन भिट्रो फर्टिलाइजेसन (IVF) र इन्ट्रा साइटोप्लाज्मिक स्पर्म इन्जेक्सनलगायतका सुविधा उपलब्ध छन् । हाम्रो इन्फर्टिलिटी सेन्टरका डाक्टरहरू यस क्षेत्रकै उच्च सफलता दरसहित धेरै निःसन्तान दम्पतीहरूलाई सन्तान सुख दिन मेहनत गर्दछन् ।

इन पेसेन्ट सर्भिसेज

२०० शय्याको यस अन्तर्राष्ट्रिय अस्पतालमा विभिन्न स्तरका वार्डहरु रहेका छन् । वार्डहरुमा मोटराइज्ड डिजिटल बेडहरु र पर्याप्त नर्सिङ स्टाफहरू उपलब्ध छन् । बिरामीले आफ्नो गच्छे र आवश्यकता अनुसार जनरल बेड, डबल बेडदेखि स्विटसम्मको सुविधा लिन सक्ने व्यवस्था मिलाइएको छ ।  हाम्रो अस्पताललाई बिरामीको आफन्त कुरुवा बस्नु नपर्ने किसिमले निर्माण गरिएको हुनाले बिरामीको हेरचाहका लागि आफन्त वा परिवारजन बस्नै पर्ने वाध्यता रहँदैन ।

आउट पेसेन्ट सर्भिसेज

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहेका विभिन्न ३३ वटा विभागहरूमा दक्ष एवं अनुभवी डाक्टर तथा  प्यारामेडिकहरुले सबै किसिमका बिरामीहरूलाई आवश्यकता अनुसार सेवा प्रदान गर्दै आएका छन् । ओपिडी कोठाहरू सफा र आरामदायी छन् र आफ्नो पालो पर्खिन बस्ने ठाउँमा टिभि र पत्र पत्रिकाहरू उपलब्ध छन् ।

स्पेसलाइज्ड इन्टरभेन्सन्

हाम्रो अस्पतालमा अत्याधुनिक प्रविधि युक्त क्याथल्याब रहेको छ जसले कार्डियाक इन्टरभेन्सनमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ ।  हाम्रो अस्पतालमा रहेका अनुभवी इन्टरभेन्सन रेडियोलोजिस्टहरु आवश्यकता अनुसार तत्काल कुनै पनि किसिमको रेडियोलोजिकल इन्टरभेन्सन गर्न सक्षम रहेका छन् ।

सेवा र सुविधाहरू

•          हरेक बिरामीका लागि आवश्यक पर्ने सम्पूर्ण निगरानी र सेवा अस्पतालले नै प्रदान गर्ने छ । कुरुवाको रुपमा बिरामीका आफन्तजन बस्नु आवश्यक छैन ।

•          बिरामीका लागि आवश्यक औषधिहरू अस्पतालको आफ्नै फार्मेसीबाट उपलब्ध गराइन्छ जहाँ आवश्यक तापक्रम र आर्द्रता समेत मिलाएर औषधि सञ्चय गरेर राखिएको हुन्छ ।

•          बिरामीको उपचार तथा पुनःस्थापनाका क्रममा विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष सहभागिता रहन्छ ।

•          अस्पतालमा बिरामीहरूको सुविधाका लागि प्रशस्त खुला ठाउँको व्यवस्था र सेन्ट्रल एयर कन्डिसनिङ सिस्टम रहेको छ ।

•          ५० शय्याको सघन उपचार कक्षको व्यवस्था रहेको छ जहाँ आइसियु,एचसियु,एनआइसियु र पिआइसियु लगायतको सुविधा छ ।

•          हरेक सघन उपचार बेडरहरुमा आधुनिक मोनिटर, भेन्टिलेटर, मेडिकल ग्यासलगायतका सुविधाहरु रहेका छन् ।

•          जेनेरल वार्डहरुदेखि क्याबिनहरुसम्म समान किसिमको मेडिकल केयरको व्यवस्था गरिएको छ ।

•          हेलिकोप्टर र एम्बुलेन्समार्फत तत्काल रेस्क्युको साथमा २४ सै घण्टा कन्सल्ट्यान्ट सहितको इमरजेन्सी सेवासमेत उपलब्ध रहेको छ ।

•          सातै दिन तथा चौबिसै घण्टा डायलाइसिस सेवा उपलब्ध छ ।

•          १०० % इलेक्ट्रिकल ब्याकअपको सुविधा छ ।

•          अस्पताल भवन भर रिभर्स अस्मोसिस प्रविधिबाट शुद्ध पारिएको खानेपानीको केन्द्रीय सप्लाई रहेको छ ।

•          एभिडेन्स वेस्ड प्राक्टिस र बिरामीको सुरक्षित उपचारका लागि हाम्रो अस्पतालमा इन्फेक्सन कन्ट्रोल तथा एन्टिबायोटिक स्टेवर्डसिप प्रोग्राम लागू गरिएको छ ।

•          बिरामीको सुरक्षा र सहजताका लागि क्वालिटी एस्योरेन्स डिपार्टमेन्ट रहेको छ । 

•          हाम्रो अस्पतालमा कार्यरत मेडिकल प्रशासकीय तथा हस्पिटालिटी क्षेत्रमा काम गर्ने कर्मचारीहरूका लागि कन्टिन्यूअस एडुकेसन प्रोग्राम सञ्चालन गरिँदै आएको छ ।

•          बिहान ८ बजेदेखि साँझ साँढे पाँच बजेसम्म अस्पतालले सामाखुसी चोकबाट अस्पतालसम्म हरेक घण्टा निःशुल्क यातायात सेवा सञ्चालन गरेको छ ।

•          हाम्रो अस्पतालमा औषधि र कागजपत्रहरू ओसारपसार गर्नका लागि देशमा नै पहिलो पटक अत्याधुनिक न्युम्याटिक ट्युब प्रविधि प्रयोग गरिएको छ ।

Subscribe To Our Newsletter
indicates required
समाचार
24 January 2018

READ MORE
08 June 2018

READ MORE