पूर्वाधार

हाम्रो अस्पताल भवन विश्वस्तरीय अस्पताल नियमक निकाय ‘जोइन्ट कमिसन इन्टरनेशनल’ जेसीआईको मापदण्डअनुसार बनेको छ । बिरामीको लागी चाहिने पूर्वाधारहरू अक्षरश पालना गरेर बनाइएको यो भवन अतुलनीय छ ।

३२ रोपनी (२९८,९९ स्क्वायर फिट) क्षेत्रफलमा अवस्थित हाम्रो अस्पतालको मुख्य भवन १५ तलाको रहेको छ जसको साथमा अलग्गै ६ तले लबी भवन र ७ तले प्रशासनिक भवनसमेत रहेको छ । अस्पतालको क्षमता २०० शय्याको रहेको छ भने वरपर हरियाली युक्त मनमोहक दृश्यसमेत देख्न सकिन्छ । बिरामी तथा कर्मचारीहरूको सुविधाका लागि अस्पताल भवनमा ९ वटा लिफ्टको व्यवस्था गरिएको छ भने ५ वटा भर्‍याङसमेत रहेका छन् ।

 

यो अस्पताल भूकम्प प्रतिरोधी रहेको छ जसले ८ रेक्टर स्केलको भुकम्पलाई थेग्न सक्छ ।  त्यसै गरी अस्पतालको सेन्ट्रल स्टेरायल सप्लाई डिपार्टमेन्ट समेत रहेको छ । यस सिस्टमले अस्पतालमा बिरामीको उपचारका लागि आवश्यक उपकरण-औजारहरू, लुगाहरू , पट्टीहरु, ड्रेर्सिङ लगायतका सामग्रीहरू सफा र किटाणु रहित बनाएर  उपलब्ध गराउँछ, जसले गर्दा अस्पतालमा ‍हुने सङ्क्रमण कम हुन्छ ।

हामीले अस्पतालमा प्रयोग गर्ने पानी आधुनिक रिभर्स अस्मोसिस विधिबाट प्रशोधन गर्छौँ । हाम्रो अस्पतालमा पूर्ण रुपमा अस्पताल जन्य फोहोर व्यवस्थापन प्रविधि समेत रहेको छ । अस्पताल भवनमा डबल ग्लेज्ड सिसाहरु प्रयोग गरिएका छन् जसले बाहिरको तापक्रम एवं ध्वनिलाई समेत भित्र पस्नबाट रोक्छ । त्यसै गरी अस्पतालका सबै बिरामीहरूलाई सेवा पुर्याउन सक्ने गरी अस्पतालको आफ्नै पाँचतारे किचन र इन्डस्ट्रियल ग्रेडको लन्ड्रीसमेत रहेको छ ।

अस्पतालका सबै भागमा ह्विल चेयरको पुग्न सक्ने गरि संरचना निर्माण गरिएको छ । यस अस्पतालमा विशेष किसिमको अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ । अस्पतालमा आगलागी भए स्मोक डिटेक्टरमार्फत सङ्केत जाने, ध्वनि सङ्केत साइरन बज्ने र आफै पानी छर्किने समेत व्यवस्था मिलाइएको छ । त्यसै गरी अग्नि नियन्त्रक ढोकाहरुको जडान गरिएको छ जसले आगलागी भएको बखत आगोलाई निश्चित स्थानमा सीमित गर्न सहयोग गर्छ ।

 

 

Subscribe To Our Newsletter
indicates required
समाचार
21 January 2018

READ MORE
21 January 2018

READ MORE