ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालद्वारा काभ्रेको बनेपामा सचेतना कार्यक्रम।


ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको टोलीले शनिवार काभ्रेको बनेपामा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सचेतना कार्यक्रममा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर तथा स्पाइन सर्भिसेजका डाइरेक्टर, अर्थोपेडिक एबं स्पाइन सर्जन डा बिनोद बिजुक्छेले आम मानिसहरुलाई ढाडमा हुने बिभिन्न समस्याहरु बारे, कन्सल्ट्यान्ट स्त्री तथा प्रशुतीरोग बिशेषज्ञ डा. समीरा शफी खानले महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरबारे तथा मधुमेह तथा थाइराइड रोग बिशेषज्ञ डा. सन्देश पन्थीले थाइराइड हर्मोनको गडबडीले हुने बिभिन्न समस्याहरुबारे चेतनामूलक सामग्री प्रस्तुत गर्नुभएको थियो ।

लायन्स क्लव अफ काभ्रे बनेपा, नेपाल हृदयरोग प्रतिष्ठान काभ्रे शाखा, लियो क्लब अफ काभ्रे बनेपा, लियो क्लब अफ बनेपाको आयोजनामा भएको सचेतना कार्यक्रममा बिभिन्न सहकारी संस्थाहरुले सहकार्य गरेका थिए।

सो सचेतना कार्यक्रममा स्थानीयहरुको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो ।

#CSR 

#HealthAwarenessProgram #GrandeInternationalHospital



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
जोर्नी किन दुख्छ, जोर्नी प्रत्यारोपण के हो ?
13 January 2018

READ MORE