ग्राण्डी अस्पतालद्वारा सिन्धुपाल्चोकमा निःशुल्क ''स्तन क्यान्सर परिक्षण तथा हाडजोर्नी शिविर'' सम्पन्न ।


ग्राण्डी अस्पतालद्वारा सिन्धुपाल्चोकमा  निःशुल्क ''स्तन क्यान्सर परिक्षण तथा हाडजोर्नी शिविर'' सम्पन्न ।

२०७५ मंसिर २९ गते शनिवार

काठमाडौंको धापसीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले सिन्धुपाल्चोकको मेलम्ची स्थित श्री इन्द्रेश्वरी मा.बि.मा एक दिवसिय निःशुल्क ''स्तन क्यान्सर परिक्षण तथा हाडजोर्नी शिविर '' सम्पन्न गरेको छ।

अस्पतालको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संयुक्त अरव इमिरेट्सको नेपाल स्थित राजदूताबास तथा सारजा च्यारिटी इन्टरनेशनलसँगको सहकार्यमा गरिएको शिविरमा सिन्धुपाल्चोक तथा आसपासका जिल्लाहरुबाट समेत मानिसहरु सहभागि भएका थिए ।

शिविरका क्रममा सिन्धुपाल्चोकका स्थानियबासिहरुमा पोषणको सामस्या, आफ्नो शरिरको राम्रोसँग हेरचाह गर्न नजानेको र आर्थिक अभावका कारण रोगपालेर बस्न बाध्य भएको अवस्था देखिएको र धेरै जनामा हाड खिइने र जोर्नी दुख्ने, बाथ सम्बन्धि समस्याहरु धेरै देखिएको, कतिपयमा ढाडको नसा च्यापिएर हुने समस्याहरु देखिएको, कतिपएको अप्रेशन बिग्रिएर र संक्रमण भएको समेत पाइएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेले जानकारी दिनुभयो ।

त्यसैगरी, महिलाहरुको उल्लख्य सहभागिता रहेको शिविरमा उनीहरुलाई हरेक महिना आफ्नो स्तनको परिक्षण आफैं गर्ने बिधिबारे प्रशिक्षण दिइएको र स्तन क्यान्सर बारे जानकारी गराइएको थियो । आई ब्रेष्ट इक्जामिनेशन (पिको फिङ्गर) द्वारा धेरै महिलाको स्तन परिक्षण गरिएको थियो जसमध्ये आठजनाको स्तनमा गिर्खा भेटिएको र उनीह्यरुलाई उपचारबारे समेत जानकारी गराइएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्ट्यान्ट जिआइ तथा ब्रेष्ट सर्जन डा. साधुराम पाण्डेले जानकारी दिनुभयो ।

शिविरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर तथा अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेको नेतृत्वमा अर्थोपेडिक सर्जनहरु डा.सुनित दाहाल, डा.रामकृष्ण दाहाल,डा. राम थापाको टोली तथा कन्सल्ट्यान्ट जिआइ तथा ब्रेष्ट सर्जन डा. साधुराम पाण्डेसँगै क्यान्सर विशेषज्ञ डा. आबिस अधिकारीको संलग्नता रहेको थियो । साथमा मेडिकल अफिसर, नर्सिङ स्टाफ तथा प्यारामेडिकहरुपनि उल्लेख्य संख्यामा सेवामा रहनुभएको थियो ।

#FreeHealthCamp #BreastCancerScreeningAndOrthopedicCamp 
#AwarenessOnBreastCancer #GrandeInternationalHospital
#SharjahInternationalCharity
#TheEmbassyOfTheUnitedArabEmiratesInNepal
#CSR



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Press Release
30 October 2019

READ MORE
Mr. Nabin Adhikari came Grande International Hospital
04 October 2019

READ MORE