मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ (एम आर सि पि सि एच - यूके) परिक्षा अब नेपालमा नै हुने ।


मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ (एम आर सि पि सि एच - यूके) परिक्षा अब नेपालमा नै हुने ।

२०७५ पौष २७ गते शुक्रबार ।

मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ (एम आर सि पि सि एच) - (यूके) परिक्षा अब नेपालमा नै हुने भएको छ ।

काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई उपलब्ध बिश्व स्तरिय सेवा सुबिधा तथा बिशेषज्ञहरुको टिमसँगै यहाँ हुने गरेका बिबिध शैक्षिक गतिबिधिहरुको कारण रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा लिने एम आर सि पि सि एच परिक्षाका लागि छनौट गरेको हो ।

दुइदिन संचालन हुने परिक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना फ्याकल्टीहरु नेपाल आएका छन् । नेपाल तथा नेपाल बाहिरका गरी २४ जना बालरोग बिशेषज्ञहरु परिक्षार्थीका रुपमा सहभागि हुनेछन् ।

परिक्षा रोयल कलेज अफ पिडियाट्रिक एण्ड चाइल्ड हेल्थ युके र कान्ति बाल अस्पतालसँगको सहाकर्यमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भोली २०७५ साल पुष २८ गते शनिवार बिहानबाट संचालन हुनेछ ।

यस परिक्षाका लागि यसअघि बिदेश जानुपर्ने वाध्यता रहेकोमा नेपालमा नै यो परिक्षा संचालन भएसँगै सो बाध्यताको अन्त्य भएको छ ।

#MRCPCH #UK #KantiChildrensHospital #GrandeInternationalHospital



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
जोर्नी किन दुख्छ, जोर्नी प्रत्यारोपण के हो ?
13 January 2018

READ MORE