ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपालस्थित युएई राजदूतावासबीच स्तन क्यान्सर बिरुद्धको सचेतना सहकार्य ।


ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले संयुक्त अरव इमिरेट्सको नेपाल स्थित राजदूताबास तथा सारजा च्यारिटी इन्टरनेशनलसँगको सहकार्यमा भोली मंसिर १४ गते शुक्रवार अर्थात नोभेम्बर ३० तारेख देखी स्तन क्यान्सर बिरुद्धको सचेतना तथा स्वपरिक्षण (Awareness against Breast Cancer and self examination of the breast)  कार्यक्रम संचालन गर्दैछ ।

 

काठमाडौं उपत्यका तथा वरपरका बिभिन्न स्थानहरुमा पाइलट प्रोजेक्टका रुपमा संचालन हुने सो कार्यक्रममा  ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकहरु तथा स्वास्थ्यकर्मीहरुको टोली १० हप्तासम्म काठमाडौ उपत्यकाभित्रका बिभिन्न स्थानहरुमा पुगि स्तन क्यान्सर बिरुद्ध चेतनामूलक सामग्रीहरु प्रस्तुत गर्नेछन् । त्यसैगरी, महिलाहरुलाई महिला स्वास्थ्यकर्मीहरुद्वारा स्तनको स्वपरिक्षणबारे अभिमुखिकरण गर्ने र स्तन क्यान्सरको पहिचान निदान तथा उपचारबारे प्रशिक्षण समेत गर्नेछन् ।

 

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका जनरल, ग्याष्ट्रो इन्टेसटाइनल तथा ब्रेष्ट सर्जन डा. साधुराम पाण्डे तथा कन्सल्ट्यान्ट चेष्ट ब्रेष्ट तथा थाइराइड सर्जन डा.प्रकाश सायामीको नेतृत्वमा हुने कार्यक्रममा संयुक्त अरव इमिरेट्सको नेपाल स्थित राजदूताबासका महामहिम राजदूत श्रीमान् शइद हमदन अल्नक्बी ग्राण्डी अन्तर्राष्ट्रिय अस्‍पतालका चेयरम्यान ई. दीपक कुँवर र मेडिकल डाइरेक्टर डा.चक्रराज पाण्डे तथा डेपुटी मेडिकल डाइरेक्टर डा.बिनोद बिजुक्छे पनि सहभागि हुनुहुनेछ ।

#AwarenessOnBreastCancer #GrandeInternationalHospital

#SharjahInternationalCharity #TheEmbassyOfTheUnitedArabEmiratesInNepal



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
One More Milestone
31 January 2020

READ MORE
छिमेकी मुलुक चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस के हो ?
24 January 2020

READ MORE