ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र अजोड इन्स्योरेन्सबीच नगदरहित सेवा सम्झौता ।


ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल तथा अजोड इन्स्योरेन्स लिमिटेड बिच सेवा सम्झौता भएको छ ।

सम्झौतापत्रमा आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे तथा अजोड इन्स्योरेन्स लिमिटेड प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौता पश्चात अजोड इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमालेखको सीमासम्म ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट नगद रहित स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

सम्झौतापत्रमा हसताक्षर गर्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले अजोड इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुलाई नेपालमानै विश्वस्तरिय उपचारसेवा तथा बिशेषज्ञ चिकित्सकहरु उपलब्ध रहेकोले ढुक्क भएर उपचारकालागि ग्राण्डी अस्पतालमा आउन आग्रह गर्नुभयो ।

त्यसैगरी, अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले अजोडसँगको सहकार्यमा आफ्ना ग्राहक महानुभावहरुलाई बीमालेखमा तोकिएको सिमासम्म सुविधा प्रदान गर्ने सम्झौता गरेकोमा अस्पतालका संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद  दिनुभयो ।

 

अस्पतालमा नगदरहित उपचार सेवालाई प्रबर्द्धनगर्न तथा स्वास्थ्य बीमाबारे सचेतना जगाउने उद्देश्यले अजोड इन्स्योरेन्ससँग सो सम्झौता गरेको अस्पतालले जनाएको छ ।



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
स्पाइन सर्जरीपछि सामान्य जीवन मा फर्कदै गरेका स्याङ्जा निवासी प्रसाद थापालाई हामिले आज भेट्यौं ।ग्राण्डी अस्पतालमा उपचारका क्रमममा उहाँले गर्नुभएको अनुभव हामीले जस्ताको तस्तै यहाँहरुमाझ प्रस्तुत गरेका छौं।
27 April 2021

READ MORE
ल्याप्रोस्कोपी सर्जरी भनेको के हो ? पेट चिरेर गर्ने शल्यक्रियाभन्दा ल्याप्रोस्कोपी विधि कसरी सजिलो र भरपर्दो हो ?
22 April 2021

READ MORE