बालबालिकामा निमोनिया र यसवाट जोगाउने उपाय ।


 

सन्दर्भ बिश्व निमोनिया दिवस २०१८

डा प्रशान्त रिजाल

उप प्राध्यापक, नेपाल मेडिकल कलेज टिचिङ हस्पिटल तथा कन्सल्ट्यान्ट पेडियाट्रिक पल्मोनोलोजिष्ट ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ।

 

आज नोभेम्बर १२ संसारभर बिभिन्न चेतनामूलक कार्यक्रमहरुगरी बिश्व निमोनिया दिवस मनाइँदै छ । नेपालमा पनि आज यो दिवस मनाइदै गरेको सन्दर्भमा हामीले यो चेतनामूलक लेख यहाँहरुसमक्ष प्रस्तुत गरेका छौं । दिवसको यसबर्षको नारा ुुस्टप निमोनिया ुु अर्थात ुु निमोनियालाई रोकौं रहेको छ ।  

 

निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो।बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरु मध्ये निमोनिया मुख्य रोग हो।

 

निमोनिया भनेको फोक्सोमा आउने एक प्रकारको संक्रमण हो, जसमा फोक्सोका कोषहरू संक्रमित भएर सुनिन्छन् अनि स्वासप्रशवासमा समस्या हुन्छ । निमोनिया धेरै जसो सुक्ष्म किटाणूहरु जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस र फंगसहरुले गराउदछन् । उमेर तथा अन्य स्वास्थ्य अवस्थाहरुले गर्दा यी विभिन्न किटाणुहरुको संक्रमणले प्रभाव पार्दछ ।

समुदायमा हुने निमोनिया २ महिना भन्दा कम उमेरमा अधिकांसमा स्ट्रेप्टोकोकस तथा इ(कोली लगायतका ब्याक्टेरियाहरुले गर्दछन् । त्यसैगरी, ३ महिना देखी पाँच बर्ष सम्मका बालबालिकाहरुमा चाँहि स्ट्रेप्टोकोकस निमोने, हिमोफिलियस इन्फ्लुएन्जा, स्टेफाइलोकोकस अरियस लगायतका ब्याक्टेरियाहरुले निमोनिया गराउँदछन् ।

 

त्यसैगरी, पाँच बर्ष भन्दा माथिका बालबालिकाहरुमा माइक्लोप्लास्मा निमोने र क्लामाइडीया भन्ने किटाणुको संक्रमण बढी हुन्छ । एचआईभी एड्स भएका बालबालिकाहरुमा निमोसिस्टिक जेरोभेकाइ, माइकोब्याक्टेरियम ट्युबरकोलोसिस ९क्षयरोगको जिवाणु० र फङ्गसमा  एस्परजिलोसिसको संक्रमणले बालिकाहरुमा निमोनिया गराउँदछन् ।

बिश्व स्वास्थ्य संगठनका अनुसार संसारभर हरेक बर्ष ५ वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ भने नेपालमा ५ वर्ष मुनिका ३५ लाख बालबालिका मध्ये ५६ सय जनाको मृत्यु हुन्छ । मृत्यु हुनेहरु मध्ये ९८५ बालबालिकाहरु विकासोन्मुख देशका रहने गर्दछन् । 

 

निमोनियाका लक्षणहरु

सुरुमा खोकी लाग्ने, नाकबाट सिंगान बग्ने र हल्का ज्वरो आउने साधारण रुघाखोकी लाग्ने र पछि छिटो छिटो सास फेर्ने सास फेर्न गाहो हुने ९कोखा हान्ने० गर्दछ । कडा किसिमको निमोनियामा ज्वरो १०२ फारेनहाइड भन्दामाथि आउँने हुन्छ । यसमा बालबालिकाले खान र पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ र कसै कसैमा सास फेर्दा अस्वाभाविक आवाज समेत आउने गर्दछ। छिटो छिटो सास फेर्ने कोखा हान्ने निलो हुने जस्ता लक्षणहरु रोगको अबस्था बिग्रदै जाँदा बढ्दै जान्छन ।

 

निमोनियाको उपचार

केहीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई औषधि दिएर घर पठाउन सकिन्छ। अवस्था सामान्य भएकाहरूलाई भने घरमै सामान्य हेरविचार गरेर राख्न सकिन्छ। निमोनियाको उपचार एन्टिवायोटिक र सरल तरिकाबाट गर्न सकिन्छ । नवजात शिशुहरुलाई अस्पताल भर्ना गरेर उपचार गर्नु आवश्यक हुन्छ । बालबालिकाले छिटो छिटो श्वास फेरेमा, कोखा हानेमा, झोल खाने कुरा खान नसकेमा, आमाको दूध चुस्न नसके समयमै उपचार नगरे बिरामीको स्वास्थ्य झन झन बिग्रने खतारा हुन्छ । त्यसैले तत्काल अस्पताल गएर उपचार सुरु गरिहल्नु अत्यन्त जरुरी छ ।

 

निमोनियाबाट कसरी जोगाउने ?

बालबालिकाहरु निमोनियाको उच्च जोखिममा रहेका हुनाले उनीहरुलाई निमोनियाबाट जोगाउन बिशेष ध्यान दिनुपर्छ । नवजात शिशुहरुलाई आमाको दुध पर्यप्त मात्रामा खुवाउनुपर्छ । कुपोषणबाट जोगाउनु पर्छ । खोपहरु समयमा लगाउनुपर्छ । धुबाँ धुलो र प्रदुषणबाट जोगाउनु पर्छ । संक्रमित व्यक्तिहरुबाट बालबालिकाहरुलाई टाढा राख्नुपर्छ । बालबालिकाहरुलाइ रुघाखोकी र ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा परामर्ष तथा उपचारकालागि लैजानुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा बालबालिकाहरुलाई खुवाउनु अघि राम्रोसँग हात धुनुपर्छ ।



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
ग्राण्डीद्धारा १०५ बर्षीय बृद्धको निःशुल्क उपचार
12 December 2019

READ MORE
Dr. Bipin Nepal with Binisha Thapa | HEALTH STATION
09 December 2019

READ MORE