ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई अनुमति


काठमाडौंको टोखा नगरपालिका, धापासी स्थित हाम्रो यस ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पाकिस्तानको 'कलेज अफ फिजिसियन्स एन्ड सर्जन्स्' अन्तर्गतको अर्थोपेडिक सर्जरी बिषयमा एफसिपिएस कार्यक्रम संचालनको अनुमति प्राप्त गरेको कुरा यहाँहरुसमक्ष सुनाउन पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको अर्थोपेडिक तथा ट्रमाटोलोजि बिभागबाट शुरु भएको यस रेजिडेन्सी ट्रेनिङ प्रोग्राम नेपालको अर्थोपेडिक तथा ट्रमाटोलोजि बिषयमा मात्र नभइ समग्र मेडिकल शिक्षामा नै कोसेढुंगो साबित हुने अपेक्षा हामीले गरेका छौं । आगामी दिनमा अन्य बिभागहरुमा र अन्य बिषयहरुमापनि यस किसिमका ट्रेनिङ प्रोग्राम संचालन हुनेकुरा सहर्ष जानकारी गराउन चाहन्छौं ।

अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका अर्थोपेडिक तथा ट्रमाटोलोजि बिभागका प्रमुख डा. चक्रराज पाण्डे ज्यू यस 'कलेज अफ फिजिसियन्स एन्ड सर्जन्सको यस एफसिपिएस रेजिडेन्सी ट्रेनिङ प्रोग्राम अन्तर्गत अर्थोपेडिक सर्जरी बिषयका सुपरभाइजरमा नियुक्त हुनुभएको समेत जानकारी गराउन चाहन्छौं ।

अस्पतालको सामाजिक उत्तरदायित्वसँगै थपिएको शैक्षिक उत्तरदायित्वमा पनि हामी अव्वल साबित हुने बिश्वास हामिले लिएका छौं ।

डा चक्रराज पाण्डेले नेतृत्व गर्नुभएको एफसिपिएस टिममा डा. बिनोद बिजुक्छे, डा. व्यापक पौडेल, डा. जावेद अहमद खान, डा.सुनित दाहाल, डा.राजिब बराल, डा.रामकृष्ण दाहाल , डा.ज्ञानेन्द्र जोशी सँगै अन्य रिसर्च सम्बद्ध सहयोगिहरु रहनुभएको छ ।

https://www.facebook.com/GIH.KATHMANDU/posts/1499786056788007



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
जोर्नी किन दुख्छ, जोर्नी प्रत्यारोपण के हो ?
13 January 2018

READ MORE