नारी दिबसको अवसरमा ग्राण्डी अस्पतालको नारी सम्मान बिशेष स्वास्थ्य परिक्षण प्याकेज ।


नारी दिबसको अवसरमा ग्राण्डी अस्पतालको नारी सम्मान बिशेष स्वास्थ्य परिक्षण प्याकेज ।

फागुन २६ गते बिहिबार ।

अन्तर्राष्ट्रिय नारी दिबसको अवसरमा सम्पुर्ण नारीहरुको सम्मानमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले ल्याएको छ नारी सम्मान बिशेष स्वास्थ्य परिक्षण प्याकेज ।

आमा, जिबन साथी, बहिनी हुन वा छोरी, स्वस्थ सक्षम नारी हाम्रो जिम्मेवारी भन्ने नारा सहित फागुन २५ गते देखी चैत्र २ गतेसम्म एक साता सम्मका लागि लागू गरिएको यस प्याकेज अफरमा ४० बर्ष सम्मका महिलाहरुकालागि मात्र पाँच हजार रुपैँयामा स्वास्थ्य परिक्षण गर्न सकिने ब्यबस्था छ ।

४० बर्ष माथिमा महिलाहरुको अतिरिक्त म्यामोग्राफी जाँच सहितको प्याकेजकालागि भने थप एकहजार सहित छ हजार रुपैयाँ तिर्नु पर्नेछ ।

प्याकेजमा सिबिसी, सुगर फास्टिङ,टिएसएच,युएसजी (एबिडि) , बिएमडी, भिटामिन डि, युरिन आरई, गाइने कन्सल्टेसन, डाइटिसियन कन्सल्टेसन र ४० बर्ष भन्दा माथिका महिलाहरुकालागि म्यामोग्राफी जाँच समाबेश गरिएको छ ।

अस्पतालको एउटा पृथक र सम्पूर्ण स्वास्थ्य सेवाको पूर्ण गन्तव्यको रुपमा रहेको वेलनेस सेन्टरले, बेसिक हेल्थ चेक-अप,कम्प्रिहेन्सिभ हेल्थ चेक-अप,एक्जिक्यूटिभ हेल्थ चेक-अप,एक्जिक्युटिभ प्लस हेल्थ चेक-अप,डायबेटिज हेल्थ चेक-अप,कार्डियाक हेल्थ चेक-अप,चाइल्ड हेल्थ चेक-अप,सिनियर सिटिजन हेल्थ चेक-अप,किड्नी हेल्थ चेक-अप,वुमन्स हेल्थ चेक-अप लगायतका विभिन्न सुरक्षात्मक स्वास्थ्य परीक्षण प्याकेजहरु उपलब्ध गराउँदै आएको छ ।



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
जोर्नी किन दुख्छ, जोर्नी प्रत्यारोपण के हो ?
13 January 2018

READ MORE