विश्व मृगौला दिवस र नेपाल ।


विश्व मृगौला दिवस र नेपाल

डा. बिष्णु पहारी

कन्सल्ट्यान्ट, नेफ्रोलोजी ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल

आज विश्व मृगौला दिवस नेपालमा पनि बिभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनले मार्च १० लाई बिश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

दिवसको यस वर्षको नारा ‘मृगौला रोग र बालबालिका, मृगौला रोग नियन्त्रणमा तत्काल सक्रिय बनौं’ रहेको छ । केही बर्षयता संसारभर मृगौला रोगीहरुको संख्या बढ्दै गएको छ ।

नेपाल लगायतका बिकासोन्मुख मुलुकहरुमा पनि मृगौला रोगीहरुको संख्या अत्यन्त चुनौतिपूर्ण रुपमा बढेको छ ।

मृगौला रोगको सिघ्र पहिचान तथा र त्यसको समयमै निदान नै मृगौला स्वस्थ्य राख्ने मुख्य उपाय हो । मृगौला स्वस्थ्य राख्न हरेक दिन कम्तीमा तीन लिटर पानी पिउनुपर्छ, मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्नुपर्छ ।

धुमपानको आदत भएका, ५० वर्ष भन्दा माथिका बयश्कहरु र मृगौलामा समस्या भएकाहरूलाई मृगौला रोगको खतरा बढी हुनेभएकाले हरेक वर्ष अनिवार्य रुपमा मृगौला परीक्षण गर्नुपर्छ ।

मृगौला रोग लागिसकेपछि यसको उपचार अत्यन्त महँगो भएकाले समयमै मिर्गौला परीक्षण गरी रोगको निदान र उपचार गर्नु बुद्धिमानी हुन्छ ।

बिलासितापूर्ण जिवन जिउने र सुविधा भोगी जिवनशैलीले मोटोपनासँगै मृगौलाको समस्याहरु बढ्दै गएकाले सन्तुलित खाना सरल जिवनशैली र पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ बिहान वा बेलुका कम्तिमा ३० देखी ४५ मिनेट हिडडुल गर्नु अनिवार्य छ ।

संचारमाध्यमहरुको सक्रियता र बिभिन्न सचेतना कार्यक्रमहरुका कारण बढ्दो जनचेतनास्तरले पछिल्लो समयमा उपचारको दायरामा आउनेहरुको संख्यापनि उल्लेख्य रुपमा बढेको छ ।

पछिल्ला दिनहरुमा मृगौलाले कामगर्न छाडेर उपचारका लागि अस्पतालमा आउनेहरुमा बैदेसिक रोजगारीका लागि खाडिका बिभिन्न मुलुकमा गएर फर्कीएका नेपालीहरुको संख्यापनि ठूलो छ ।

खाडिका देशहरुमा पिउने पानीको अभाव र कडा परिश्रम गर्ने र सो अनुसार पर्याप्त पानी नपिएका कारण धेरै नेपालीहरुको मृगौला फेल हुने गरेको छ ।

त्यसमाथि खाडिका देशहरुमा हरियो सागसब्जि भन्दा माछा मासु तुलनात्मक रुपमा सस्तो हुनेभएकाले नेपालीहरुले खानामा अत्यधिक माछामासु प्रयोग गर्ने गरेकाले पनि मृगौलामा समस्या देखिने गरेको पाइएको छ ।

मृगौला उपचार सम्भव नभएपछि अर्को बिकल्पको रुपमा प्रत्यारोपण गर्नुपर्ने हुन्छ । नेपालमा मृगौला प्रत्यारोपणका लागि सामान्यतः साढे तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ । प्रत्यारोपणका लागि मृगौला दाता आफ्नो नजिककै नाताबाट हुनुपर्छ, जुन सहज काम होइन । प्रत्यारोपण गरिसकेपछि खाने औषधि र प्रत्यारोपण अघिको डायलायसिसको खर्च समेत सामान्य नेपालीले धान्न सक्ने अवस्था छैन ।

संसारभर १० प्रतिशत मानिस मृगौला सम्बन्धी समस्याबाट पिडित छन् । यस तथ्याङ्कलाईको आधारमा नेपालमा पनि कुल जनसंख्याको १० देखी १३ प्रतिशत करिब २७ लाख मानिसमा मृगौला सम्बन्धी समस्या भएको अनुमान गर्न सकिन्छ । जसमध्ये १० प्रतिशत अर्थात् दुई लाख ७० हजार जनाको मृगौला बिग्रने गरेको छ भने प्रत्येक वर्ष दुई हजार सात सयको मृगौला पूर्ण रूपमा फेल हुने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Mr. Nabin Adhikari came Grande International Hospital
04 October 2019

READ MORE
Grande introduces Aesthetic Eyelid Surgery!
02 October 2019

READ MORE