छुरा रोपिएको मुटुको सफल शल्यक्रिया


 

प्वाल परेको मुटुको शल्यक्रियाको क्रममा । तस्वीर सौजन्यः ग्राण्डी अस्पताल

राजधानीस्थित ग्राण्डी अस्पतालका चिकित्सकले छुरा रोपिएर प्वाल परेका डोल्पाका २४ वर्षीय विष्णुकर्ण कार्कीको सफल शल्यक्रिया गरेका छन् । अस्पतालले यस्तो शल्यक्रिया विरलै सफल हुने गरेको दाबी गरेको छ ।

“यस्तो सफल शल्यक्रिया विश्वमा विरलै हुने गर्छ,” शल्यक्रियामा संलग्न डा. उत्तमकृष्ण श्रेष्ठले भने, “मुटु नै छेडिएर प्वाल परेको अवस्थाको बिरामीको पनि हामीले सफल शल्यक्रिया गर्न सक्यौं ।”

डोल्पा रह गाविस–९ का २४ वर्षीय विष्णुकर्ण कार्कीको १ असारमा सफल शल्यक्रिया भएको हो ।

३१ जेठ दिउँसो घाइते भएका कार्कीलाई १ असारमै हेलिकप्टरबाट उद्दार गरी ग्राण्डी अस्पतालमा ल्याइएको थियो ।

यार्सागुम्बा टिप्ने विषयमा दुई समूहबीचको झगडाको क्रममा कार्कीमाथि ३१ जेठ दिउँसो छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट उनको फोक्सोमा केही चोट लाग्नुकासाथै मुटुमा प्वाल परेको थियो ।

डाक्टरहरु सञ्जय कार्की, सुभास आचार्य, उत्तमकृष्ण श्रेष्ठ, अर्चन अधिकारी, मुरारी घिमिरे, रामेश कोइराला लगायतको टोलीले उनको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

“चक्कु प्रहारबाट मुटु प्वाल परेका ९५ प्रतिशत बिरामीको मृत्यु हुने गर्छ,” डा. रामेश कोइरालाले भने, “एउटा टीम नै लागिपर्दा यो संभव भएको हो ।” अस्पतालमा उपलब्ध सुविधाले पनि त्यसमा ठूलो सहयोग पुगेको उनको भनाइ छ ।

मुटुको सफल शल्यक्रियापछि विष्णुकर्ण कार्की । तस्वीर सौजन्यः ग्राण्डी अस्पताल

http://archive.himalkhabar.com/71935



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
स्पाइन सर्जरीपछि सामान्य जीवन मा फर्कदै गरेका स्याङ्जा निवासी प्रसाद थापालाई हामिले आज भेट्यौं ।ग्राण्डी अस्पतालमा उपचारका क्रमममा उहाँले गर्नुभएको अनुभव हामीले जस्ताको तस्तै यहाँहरुमाझ प्रस्तुत गरेका छौं।
27 April 2021

READ MORE
ल्याप्रोस्कोपी सर्जरी भनेको के हो ? पेट चिरेर गर्ने शल्यक्रियाभन्दा ल्याप्रोस्कोपी विधि कसरी सजिलो र भरपर्दो हो ?
22 April 2021

READ MORE