World Diabetes Day 2018


ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मधुमेह दिवसको अवसरमा आज निःशुल्क परामर्ष सेवा दिने।

बिश्व मधुमेह दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको इन्डोक्राइनोलोजी बिभागमा कार्यरत डाक्टरहरुले निःशुल्क परामर्श प्रदान गर्दैहुनुहुन्छ ।

दिवसकै अवसरमा अस्पतालले ''के तपाइलाइ मधुमेह छ?'' नाम सहितको बिशेष प्याकेज अफर समेत अघि सारेको छ । यही १४ नोभेम्वर देखी नोभेम्वर ३० सम्मका लागि अघि सारिएको प्याकेज अन्तर्गत ग्लुकोज फास्टिङ, ग्लुकोज पिपि तथा एचबिएवनसी मात्र रु. १२५०/- मा गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी आज अपरान्ह १ बजेदेखि २ बजेसम्म बिरामी तथा बिरामिका आफन्तजनसँग मधुमेहका बारेमा अन्तर्कृया कार्यक्रम समेत आयोजना गरिएको छ । अन्तर्कृयामा डा. सन्देश पन्थी र डा. सुवर्ण ध्वज थापाले मधुमेहबारे जानकारी तथा चेतनामूलक प्रस्तुति दिनुहुनेछ । त्यसैगरी, डा. बिकास श्रेष्ठले मधुमेहका रोगिहरुमा हुनसक्ने पैतलाको समस्या र पैतालाको स्याहारबारे जानकारीमूलक प्रस्तुति दिनु हुनेछ । डाइटिसियन उषा शाहले भने मधुमेह रोगिको खानाबारे बिबिध जिज्ञासाहरुको समाधान गर्नुहुनेछ ।

 

#WorldDiabetesDay2018
#EndocrinologyAndDiabetology
#GrandeInternationalHospital

 



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
जोर्नी किन दुख्छ, जोर्नी प्रत्यारोपण के हो ?
13 January 2018

READ MORE