ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा दक्ष तथा अनुभवि एनेस्थेसियोलोजीष्टहरुको टिम उपलव्ध रहेको छ । सर्जनहरुसँगको सहकार्यमा यस बिभागले उपचारकालागि चिरफार आवश्यक रहेका बिरामीहरुको एनेस्थेसिया सम्वन्धि आवश्यकता पुरा गर्दछ । यस अस्पतालमा रहेका उच्च स्तरिय भेन्टिलेटर तथा एनेस्थेसिया स्टेसन ले बिरामीलाई सहज रुपमा एनेस्थेसिया दिन मद्दत गर्दछ । यस बिभागमा रहेका हरेक चिकित्सक तथा नर्सिङस्टाफहरु बिरामीमा आउनसक्ने जटिल अवस्थाहरु आउन नदिन हरघडी तल्लिन रहने गरेका छन् ।