इन्टरभेन्सनल कार्डियोलोजीः यस बिभागमा कार्यरत डाक्टर तथा प्राबिधिकहरुको टिमले मुटुका रोगहरु र उच्च रक्तचापको निदान तथा उपचार गर्दछ । हाम्रो अस्पतालमा पनि बिरामीको आकस्मिकता र आवश्यकता अनुसार एन्जियोग्राफी, एन्जियोप्लास्टि, पेसमेकर प्लेसमेन्टलगायतका सयौं इन्टरभेन्सन गरिइसकिएको छ । यस बिभागमा अत्याधुनिक सुबिधासम्पन्न इकोकार्डियोग्राफी मेसिन र टिएमटि मेसिन समेत रहेको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बिश्वस्तरिय अत्याधुनिक क्याथ ल्याव समेत रहेको छ । हाम्रा बिशेषज्ञ चिकित्सक तथा प्राबिधिकहरुको अनुभव र उपलब्ध प्रबिधिको प्रयोगबाट बिरामीको मुटुलाई स्वस्थ रुपमा सुचारु राख्न हामी सधै तल्लिन रहन्छौं ।