ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई लक्षित गरी जेरियाट्रिक मेडिसिन सेवा सुरु गरेको छ ।समग्र जनसंख्यामा बढ्दो जेष्ठ नागरिकहरुको संख्या र उनीहरुमा बुढ्यौलीसँगै देखापर्ने बिभिन्न स्वास्थ्य समस्याहरुको निदान तथा त्यसले निम्त्याउने जोखिम घटाउने उदेश्य सहित यो सेवा सुरु गरिएको हो ।
नेपाल सरकारले आफ्नो पछिल्लो नीति तथा कार्यक्रममा समेत जेष्ठ नागरिकहरुको स्वास्थ्य उपचार लक्षित गरी केन्द्रिय तथा क्षेत्रिय तहमा बिभिन्न कार्यक्रम संचालन गरिरहेको अवस्थामा त्यसलाइ समेत टेवा पुर्याउने उदेश्यले यो सेवा सुरु गरिएको हो ।
बढ्दो शहरीकरण, बदलिदो खानपान र जिवनशैलीका कारण शरिरको रोग प्रतिरोधात्मक शक्ति र संचालन क्षमतामा कमिहुने भएकाले बुढ्यौलीसँगै देखिने विभिन्न सरुवा र नसर्ने दुबै प्रकृतिका रोगहरुको निदान तथा उपचार सेवा यस अस्पतालमा उपलब्ध रहेको छ ।
यस अन्तर्गत, जेष्ठ नागरिक लक्षित सिनियर सिटिजन हेल्थकेयर तथा वेलनेस प्लान समेत शुरु गरिएको छ । यस सेवामा आवश्यकता अनुसार चिकित्सक र केयर को अर्डिनेटरहरु जेष्ठ नागरिककहाँ नियमित होम भिजिट गरी परामर्श तथा उपचार सेवा समेत प्रदान गर्ने सुबिधा रहेको छ । यो योजना खासगरी आप्ना छोराछोरी बिदेशमा बस्ने जेष्ठ नागरिकहरुकालागि उपयोगि रहेको छ । यस अन्तर्गतः