इन्टरनल मेडिसिन पहिलो लाइनको बिरामीको निरुपण र उपचार शुरु गर्ने बिभाग हो । इन्टरनल मेडिसिन बिभागले प्रौढहरुमा देखिने बिभिन्न रोगहरुको रोकथाम , निरुपण तथा उपचार गर्ने गर्दछ । हाम्रो अस्पतालमा कार्यरत अत्यन्त दक्ष तथा अनुभवि फिजिसियनहरु बिभिन्न किसिमका नौला लक्षण र चिन्हहरु सहितका धेरै प्रणालीहरुसँग सम्बन्धित स्वास्थ्य समस्या लिएर आएका बिरामीहरुलाई उचित परामर्श र उपचार गर्न समेत सक्षम रहेका छन् ।