न्यूरो सर्जरी
न्यूरो सर्जरी मस्तिष्क तथा मेरुदण्डको सर्जिकल कन्डिसनहरुको उपचार गर्ने बिशेष बिधा हो । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा पनि उच्च दक्षता प्राप्त न्यूरो सर्जन र नर्सहरुको टिम उपलब्ध रहेको छ । अस्पतालमा रहेको अत्याधुनिक प्रबिधियुक्त एडभान्स अप्रेसन थियटरमा बिश्व स्तरका न्यूरो सर्जरीहरु समेत सम्भव रहेको छ । हाम्रो अस्पतालमा हालसम्म सयौंको संख्यामा जटिल अवस्थाका न्यूरो सर्जरी स्वा आवश्यक रहेका बिरामीहरुले सफल शल्यकृया गराइसकेका छन् ।
न्यूरोलोजी
मस्तिष्क र नसाहरुले बिरामी मानिसको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यि महत्वपूर्ण अङ्गहरुको रोगमा बिरामीलाई बिशेष निगरानी सहितको उपचार आवश्यक पर्दछ । हाम्रो अस्पतालमा रहेको न्यूरोलोजी बिभागमा बिरामीहरुको बश्ष मुल्याङ्कन गरीन्छ । उनीहरुको रोगको सहिरुपमा निरुपण र पहिचान गरिन्छ । त्यसपछि दक्ष तथा अनुभवि चिकित्सकहरुको टिमले बिरामीको रोगको बिषयमा गहन छलफलगरी उपचार शुरु गरीन्छ । उपचारमा संलग्न चिकित्सकको प्रत्यक्ष सम्परक र निगरानी सँगै पटक पटकको फलोअप सहितको उपचार शुरु गरिन्छ। बिभागमा उपलब्ध रहेको ईईजी मेसिनले उपचार आवश्यक रहेका बिरामीको पहिचानमा सहजता ल्याएको छ ।