अस्पतालको यस बिभाग अन्तर्गत आँखा तथा दृष्टी संग सम्बन्धित सम्पूर्ण समस्याहरुको उपचार सेवा उपलब्ध रहेको छ । यो बिभागमा अत्याधुनिक उपकरण र दक्ष तथा अनुभबि चिकित्सकहरुको उपलब्धता रहेको छ । यहाँ आँखाको शल्यकृयाकालागि अलग्गै दुईवटा अत्याधुनिक सुबिधा सम्पन्न अपरेशन थियटरहरु रहेका छन् । यस बिभागमा आँखा सेवा तथा दृष्टीसम्बन्धि बिशेष तालिम प्राप्त नर्सिङ स्टाफहरु तथा अप्टोमेट्रिसहरुको समेत उपलब्धता रहेको हुनाले आँखा समबन्धि समस्याको निदान तथा उपचारमा सहज हुने गरेको छ ।