ए. जनरल पेडियाट्रिकः यस बिधा अन्तर्गत १६ बर्ष भन्दा मुनीका बालबालिकाहरुमा देखिने बिभिन्न किसिमका रोगहरुको पहिचान निदान र उपचार गरिन्छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको यस बिभागमा अलग्गै र समर्पित खोप यूनिटको समेत ब्यवस्था गरिएको छ । यस यूनिटले नेपाल सरकारको राष्ट्रिय खोप निति अनुसार खोप कार्यक्रम संचालन गर्दछ र बालबालिकाको आवश्यकता अनुसार बिशेष किसिमका खोपहरु समेत दिने गरिन्छ ।
बी. पेडियाट्रिक न्यूरोलोजीः यस बिधा अन्तर्गत बालबालिकामा देखिने न्यूरोलोजी सम्वन्धि समस्याहरुको पहिचान निदान र उपचार गरिन्छ । खासगरी बाल्य अवस्थामा बिरलै देखिने ब्रेन / मस्तिष्क र नसा सम्बन्धि समस्याहरुको निदान र उपचार गरिन्छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा यस बिधाका बिशेषज्ञ चिकित्सक र आवश्यक पूर्वाधारहरु उपलब्ध छन् ।
सी. पेडियाट्रिक पल्मोनोलोजीः यस बिधा अन्तर्गत बालबालिकामा देखिने दम लगायतका स्वास प्रश्वास सम्बन्धि बिभिन्न रोगहरुको उपचार गरिन्छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको बालरोग बिभागमा उपलब्ध पेडियाट्रिक पल्मोनोलोजिष्टहरुले तथ्यमा आधारित उपचार पद्धतिद्वारा रोगको निरुपण निदान र उपचार गर्नुहुन्छ ।
डी. पेडियाट्रिक सर्जरीः बयश्क र बालबालिकामा गरिने सर्जरी भिन्न हुने भएकाले यसका लागि छुट्टै ब्यबस्था र बिशेषज्ञता आवश्यक पर्छ । बालबालिकाको सामान्य देखी जटिल प्रकृतिका सर्जरीका लागि समेत ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा पेडियाट्रिक सर्जनहरु उपलब्ध रहेका छन् । हाम्रो अस्पतालमा कार्यरत पेडियाट्रिक सर्जनहरुले आफ्नो सीप दक्षता र अनुभवको आधारमा धेरै जटिल सर्जरीहरु सफलतापूर्बक सम्पन्न गरिसक्नुभएको छ । अस्पतालमा उपलब्ध बिश्व स्तरिय प्रबिधि र दक्ष सर्जनहरुले छोटी समयमा सर्जरी सम्पन्न गर्ने र अस्पताल बसाइलाई समेत छोटो बनाउन सफल हुनु भएको छ ।
Consultant Pediatrician, Pediatric Hematology Oncology and Bone marrow Transplant Specialist