डायग्नोष्टिक रेडियोलोजी
हाम्रो अस्पतालमा रहेको बिश्वस्तरिय २५६ स्लाइस सिटी स्क्यान मेसिन, १.५ टेस्ला एमआरआई, म्यामोग्राफी, डेक्सा स्क्यान , मल्टिपल युएसजी मेसिन र एक्स रे सहितको डाग्नोष्टिक रेडियोलोजी बिभागले मुलुककै उत्कृष्ट रेडियोलोजीकल डायग्नोसिस सेवा प्रदान गर्दै आइरहेको छ । यस क्षेत्रका ख्यातिप्राप्त दक्ष तथा अनुभवि रेडियोलोजीष्टहरुको टिमले सातै दिन चौबिसै घण्टा यस अस्पतालमा सेवा दिदै आएका छन् । आकस्मिक रुपमा उपचारकालागि आइपुगेका बिरामीहरुको समेत तत्काल परिक्षण र रिपोर्टिङ हुने हुँदा यथासीघ्र उपचार शुरु गर्नको लागि समेत यस बिभागले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
इन्टरभेन्सनल रेडियोलोजी
मिनिमल इन्भेजनको क्षेत्रमा इन्टरभेन्सनल रेडियोलोजीले बिभिन्न रोगहरु पत्ता लगाउने र तिनको उपचार गर्ने शिलसिलामा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । फ्लुरोस्कोप अथवा अल्ट्रासाउन्डको प्रयोगबाट ड्रेन ट्यूब राख्न सकिन्छ जसले पित्त थैली वा पाठेघरमा भएका अवरवधहरुलाई खोलेर बाइपास गर्न सहयोग गर्दछ । रेडियोलोजीमा थुप्रै इन्टरभेन्सन र प्रोसिजरहरु रहेका छन् जसले बिरामीको निरुपण र उपचारलाई सहज बनाउने गरेको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा इन्टरभेन्सनल रेडियोलोजीका सबै सेवाहरु उपलब्ध रहेका छन् ।