" केयर टु क्योर‘’ भन्ने मूल उद्देश्य सहित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको स्थापना भयो ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र थाइल्याण्डको बैंङ्कक स्थित समितिभेज अस्पतालसँग व्यवस्थापन तथा संचालन सम्झौतामा हस्ताक्षर भयो ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल र समितिभेज अस्पतालबीच नियमित अस्पताल ब्यवस्थापन तथा नियमित संचालन सम्वन्धि सम्झौता भयो ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा बिभिन्न बिभागहरु स्थापनागरी उपचार सेवा अंशिक रुपमा शुरुवात गरियो ।
गत अप्रिल २५ मा आएको बिनाशकारी भुकम्पमा हाम्रो अस्पताल भवन सुरक्षित रह्यो र हामीले सातसयजनाभन्दा बढी भुकम्प पिडित घाइतेहरुको निःशूल्क उपचार गर्यौं जसमध्ये एकसय जना भन्दा बढी घाइतेहरुको निःशूल्क शल्यकृया गर्यौं।