ग्रान्डी अस्पतालमा सघन उपचार कार्यशाला


काठमाडौं– ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले शनिबार सघन उपचार तथा नर्सिङ केयर बिषयक कार्यशाला सम्पन्न गरेको छ। ग्रान्डी अस्पताल सघन उपचार विभागका क्लिनिकल संयोजक डा. सुवास आचार्यले संयोजन गरेको उक्त कार्यशालामा आईसीयूका चिकित्सक तथा नर्ससँगै अन्य विभागका चिकित्सकर नर्सहरुको सहभागिता रहेको अस्पतालले जनाएको छ। 

अस्पतालको अत्यन्त सम्वेदनशील मानिने सघन उपचार कक्ष (आइसियू) को बारेमा ग्रान्डीका नर्सिङ स्टाफलाई पुनर्ताजगी गराउने र विश्वस्तरको सेवाका दिनका लागि तयार पार्ने उद्देश्यले यो कार्यशाला आयोजना गरिएको संयोजक आचार्यले बताए।

ग्रान्डी अस्पतालकी नर्सिङ डाइरेक्टर एलडी महर्जनले र नर्सिङ उपनिर्देशक लक्ष्मी केसीले कार्यशालाले अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरुको सीप र दक्षता अभिबृद्धि गर्नुका साथै सघन उपभचारका क्षेत्रमा भएका बिभिन्न पछिल्ला अध्ययन र उपलब्धिका बारेसमेत जानकारी दिलाएका बताए।

कार्यशालामा अस्पतालको सघन उपचार कक्षमा कार्यरत डाक्टरहरु डा. सुवास आचार्य, डा. सौरभ प्रधान, डा. बसन्त गौली, डा. प्रशान्त त्रिपाठी, डा. अबिनाश गुरुङ, डा. सबिन कोइराला, डा. आशिष अमात्य, डा. बिभूष श्रेष्ठ र डा. सुसिल खनालले सघन उपभारका बिबिध आयामहरुबारे प्रशिक्षण दिएका थिए।

त्यसैगरी अस्पतालका सिनियर नर्सिङ स्टाफहरु समिना अमात्यले बिरामीको शिरदेखी पाउसम्मको नर्सिङ निरिक्षण बारे प्रशिक्षण दिएकी थिइन्। आइसियू नर्सिङ इन्चार्ज शर्मिला मालीले सघन उपचार कक्षमा बिरामीको हेरचाहबारे प्रशिक्षण दिएकी थिइन्। 

http://nagariknews.com/society/story/40948.html



Subscribe To Our Newsletter
indicates required
समाचार
12 August 2021

READ MORE
27 April 2021

READ MORE