ग्रान्डीको देवघाटमा स्वास्थ्य शिविर


काठमाडौं÷रास– अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका बरिष्ठ अर्थाेपेडिक सर्जन डाक्टर चक्रराज पाण्डेको नेतृत्वमा हाडजोर्नी विभाग र सामान्य चिकित्सा विभागका डाक्टर र नर्सको टोलीले ३ सय बयानब्बेजना भन्दा बढी हाडजोर्नी र सामान्य चिकित्सासम्बन्धी बिरामीहरूको स्वास्थ्य परीक्षण गरी परामर्श दिएका थिए ।

परीक्षणका क्रममा घुँडा खिइने समस्या भएकाहरू, हाड पातलो भएर जाने समस्या भएकाहरू, नसा च्यापिने समस्या भएका र काँधको जोर्नीको समस्या भएकाहरूको संख्या अधिक रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले जानकारी दिए । चितवन मेडिकल कलेजको सहकार्य र आयोजनामा बिहान आठ बजेबाट अपराह्न साढे चार बजेसम्म सञ्चालित स्वास्थ्य शिविरमा देवघाट धाममा बस्दै आएका देवघाटवरपरका ६ सय जनाभन्दा बढी हाडजोर्नी, आँखा, स्त्री तथा प्रसूति रोग र दाँतका बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । 

http://erajdhani.com/article/0234434001422882294



Subscribe To Our Newsletter
indicates required
समाचार
12 August 2021

READ MORE
27 April 2021

READ MORE