ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कुल १० वटा अप्रेसन थिएटरहरु रहेका छन् । १० वटामध्ये ८ वटा मोड्युलर अप्रेसन थिएटर रहेका छन् भने ६ वटा अप्रेसन थिएटरमा अत्याधुनिक हेपा फिल्टर जडान गरिएको छ । अप्रेसन थिएटरबाट प्रत्यक्ष प्रशारण गर्न मिल्ने भएकाले जटिल अपरेसनहरू देश विदेशमा रहेका विशेषज्ञहरूसँग छलफल गर्न सकिन्छ ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ५० वटा सघन उपचार कक्षहरु रहेका छन् । सबै सघन उपचार कक्षहरूमा विशेष किसिमका सघन उपचार बेडहरु उपलब्ध रहेका छन् । आधुनिक र सुविधासम्पन्न प्रविधिको उपलब्धताले सघन उपचार कक्षमा रहेर उपचार गराउनुपर्ने बिरामीहरूको स्तरीय उपचार सम्भव भएको छ । सङ्क्रमण दर न्यून होस् भन्ने उद्देश्यले अस्पतालमा रहेका सबै सघन उपचार कक्षमा हेपा फिल्टर जडान गरिएका छन् । अस्पतालमा स्तरीय उपचार, आरामदायी नर्सिङ सेवासँगै कोठाहरूको तापक्रम तथा आर्द्रता नियन्त्रणलगायतका सुविधाले गर्दा अस्पतालमा आउने बिरामी र अन्य व्यक्तिहरूले आराम महसुस गर्नुहुनेछ ।ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा विश्वस्तरीय अत्याधुनिक प्रविधिका उपकरणहरु उपलब्ध छन् ।