अधिकारविहीन नागरिक हेमोडायालाइसिस सेवा
हेमोडायलाइसिस
- यो उपचार रक्तबाट फोहोर र पानीलाई फिल्टर गर्नका लागि गरिन्छ, जुन स्वस्थ मिर्गौलाहरूले गर्छन्।
- यसले रक्तचाप नियन्त्रण गर्न र पोटासियम, सोडियम, क्याल्सियम जस्ता महत्त्वपूर्ण खनिजहरूको सन्तुलन कायम राख्न सहयोग गर्छ।
- यसले बिरामीलाई राम्रो महसुस गराउन र लामो समय बाँच्न सहयोग गर्छ, तर मिर्गौलाको असफलताको उपचार भने होइन।
हेमोडायलाइसिसको क्रममा के हुन्छ?
- हेमोडायलाइसिसको क्रममा, तपाईंको रगत शरीर बाहिर रहेको फिल्टर (डायलाइजर) बाट जान्छ। डायलाइजरलाई "कृत्रिम मिर्गौला" पनि भनिन्छ।
- हेमोडायलाइसिस सुरु गर्दा, डायलाइसिस नर्स वा प्राविधिकले तपाईंको हातमा दुईवटा सुई राख्छ। स्वास्थ्य टोलीद्वारा तालिम प्राप्त गरेपछि तपाईं आफैंले पनि सुई राख्न चाहनुहुन्छ भने राख्न सक्नुहुन्छ।
- यदि सुई घोच्दा असहज महसुस हुन्छ भने एनेस्थेटिक क्रिम वा स्प्रे प्रयोग गर्न सकिन्छ। हरेक सुईलाई नरम ट्यूबमा जडान गरिन्छ, जुन डायलाइसिस मेसिनसँग जोडिएको हुन्छ। मेसिनले रगतलाई डायलाइजरमार्फत पम्प गरेर फोहोर र अतिरिक्त तरल पदार्थ शरीरबाट निकाल्छ।
- सामान्यतया, बिरामीहरूले जिवन धान्नका लागि हप्तामा दुई वा तीन पटक हेमोडायलाइसिस गर्न आवश्यक पर्छ। हरेक हेमोडायलाइसिस सेसन करिब चार घण्टा लामो हुन्छ।



























