
ग्रान्डी इन्टरनेशनल हस्पिटल तथा अन्य संस्थाहरूको सहकार्यमा काठमांडौ रत्नपार्क बाट शुरू भई टुंडिखेलको परिक्रमा गर्दै शान्ति वाटिका सम्म पद यात्रा (Walkathon) आयोजित गरियो। कार्यक्रममा उपस्थित जनमानसहरुलाई पक्षघात बारे जानकारी दिन डाक्टर राजु पौडेल तथा अन्य विशेषज्ञहरुद्वारा अन्तरक्रिया कार्यक्रम गरिनुका साथै ग्रान्डीका नर्सहरुद्वारा नाटक मंचन समेत गरियो | कार्यक्रममा निशुल्क स्वास्थ्य शिविरको पनि आयोजन गरिएको थियो|

विजया दशमीको शुभ उपलक्ष्यमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दै अस्पतालमा भर्ना बिरामीहरुलाई टिका र प्रसाद वितरण गरियो। सर्वे सन्तु निरामया : सबै निरोगी रहुन् ।

काठमाडौँ । ग्राण्डी इन्टरनेशनल अस्पताल धापासी र नेपाल पक्षघात संघको प्राविधिक सहयोग तथा लियो एवं लायन्स क्लव अफ़ पोखरा लेकसाईडको संयुक्त आयोजनामा पोखराको लेक साईडमा मस्तिकघात जागरुकता कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौँ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीले सात हजार एक सय ५६ बिरामीलाई आइसियु (सघन उपचार कक्ष) मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्रान्डीले सन् २०१३ जुनदेखि बिरामीलाई आइसियु सेवा प्रदान गर्न लागेको हो ।

भनिन्छ नि ‘रक्तदान जीवनदान’ । कति व्यक्ति रक्तदान गर्न एकदमै उत्साहित हुन्छन् । उनीहरु रक्तदान कार्यक्रममा पटकपटक सहभागिता जनाइरहेका हुन्छन् । तर कतिपय रक्तदान गर्नबाट डराउँछन् । रगत दियो भने कुनै रोगले च्याप्छ कि, बिरामी भइन्छ कि भनेर डराउँछन् । के रक्तदान गर्नाले बिरामी भइहाल्छ ?

मल्टिपल भनेको चरणवद्ध रुपमा आक्रमण गर्ने र स्क्लेरोसिस भनेको दिमागमा गएर धव्वा बनाउने प्रक्रियालाई मल्टिपल स्क्लेरोसिस भनिन्छ । यसलाई जसलाई हामी डिमाईनेशन भन्छौँ । ब्रेन, स्पाइनल कर्ड र आँखाको नशालाई यसले असर गर्ने भएको कारणले अल्टाइजहरु मल्टिपल टाइममा हुने भएकाले यसलाई मल्टिपल स्क्लेरोसिस भनिन्छ ।

७९ सालको अन्तिम दिन काठमाडौ जिल्ला अदालत परिषर भित्र काठमाडौ जिल्ला बार एशोसिएसनको पहलमा काठमाडौ जिल्ला अदालतमा सेवा लिन आउने सेवाग्राही, काठमाडौ जिल्ला अदालतका कर्मचारी, कानुन व्यबसायी लाई ग्राण्डी ईन्टरनेशनल हस्पिटल द्वारा निसुल्क स्वास्थ्य परिक्षण सेवा प्रदान गरेको छ ।

कुर्कुच्चा दुख्ने रोग्लाई प्लान्टर फासिआइटिस भनिन्छ। कुर्कुच्चादेखि बुढी औंलासम्म एक प्रकारको मासुको झिल्ली (प्लान्टर फासिआ) हुन्छ, त्यो सुन्निएर दुखाइ हुन जान्छ।

ग्रान्डी इन्टरनेशनल अस्पतालले नेपाली पर्वतारोही, पर्वतारोहण गाइड र पदयात्रा गाइडहरूका लागि उचाइ रोग र हिमाल सुरक्षा बारे सचेतना सिर्जना गर्ने तालिमको आयोजना गरेको छ ।

ग्रान्ड इन्टरनेशनल हस्पिटल – फिजियोकै चिकित्सा विभाग, NEPTA र PRAN सँगको सहकार्यमा "ग्रान्ड स्पोर्ट्स रिह्याब वर्कशप २०२२" नामक एकदिने सत्र आयोजना गर्यो। डा. सुधीप मण वैद्य – नेपाल आर्थोस्कोपी समाज (ASON) का अध्यक्ष, डा. विभूतिनाथ मिश्र – ग्रान्ड इन्टरनेशनल हस्पिटलका सल्लाहकार आर्थोस्कोपी, स्पोर्ट्स र जोइन्ट रिप्लेसमेन्ट सर्जन र अन्य विशिष्ट व्यक्तिहरूले "मल्टीलिगामेन्ट घुँटा चोटपटक: staged रिह्याबिलिटेशन" भन्ने विषयमा आफ्नो अनुभव साझा गरे।




